नेप्से परिसूचक ४७.५० अंकले घटेर २८२८.०० विन्दुमा कायम

87

काठमाडाैं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजार उच्च अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७.५० अंकले घटेर २८२८.०० विन्दुमा कायम भएको छ।

नेप्सेमा आज कारोबारसमेत घटेको छ। आज कूल छ अर्ब ७२ करोड ६३ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२३ वटा कम्पनीका एक करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर ७५ हजार ८८० पटक खरिद-बिक्री भएका थिए।

आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ९.८८ अंकले बढेर ५२३.६९ विन्दुमा कायम भएको छ।

नेप्सेका अनुसार आज ओरियन्टल होटलका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.७६ प्रतिशतका दरले कमाएका छन्। प्रोग्रेसिभ फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ८.५५ प्रतिशतका दरले गुमाएका छन्।

यो साता आइतबार र सोमबार भने नेप्से बढेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here