कांग्रेसको पदाधिकारी बैठक स्थगित

108

काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।  आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक स्थगित भएको सूचना पदाधिकारीलाई पठाइएको छ ।

महाधिवेशन सम्बन्धी विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बोलाएको बैठक स्थगित भएको हो । तयारी नपुगेको भन्दै बैठक स्थगित गरेको बताइएको छ ।  महाधिवेशन नजिकिरहेका बेला कांग्रेसले क्रियाशील सदस्यता अझै टुंगो लगाएको छैन् ।  कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here