रुपन्देही, भुटानकी महारानी अशी दोर्जी वाङ्मो वाङचुकले आज बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेकी छिन् ।
राजकुमारी सोनाम डेचन, अवतारी लामासहित लुम्बिनी आइपुगेकी वाङचुकले लुम्बिनीको भ्रमण गरेकी हुन् । महारानीलाई लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीले लुम्बिनीमा स्वागत गरेका थिए । महारानी वाङचुकले लुम्बिनीको मायादेवी मन्दिरमा पूजाअर्चना गरिन । लुम्बिनी भ्रमणपछि उनले सिद्धार्थ गौतमले २९ वर्ष बिताएको स्थल कपिलवस्तुको तिलौराकोटको भ्रमण गरेकी थिइन । महारानी वाङचुक शनिबार फर्किने कार्यक्रम रहेको छ ।

















