पछिल्लो २४ घण्टामा ४ हजार १७ जना कोरोनामुक्त हुदा ३३ जनाको मृत्यु

68

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा साढे दुई हजार कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ जनामा गरिएको परीक्षणमा २ हजार ७६० जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार ७ हजार १३० जनामा आरटी पीसीआर र ३ हजार ८५५ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट १ हजार ८५७ र एन्टिजेनबाट ९०३ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा नेपालमा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ९ हजार १४५ पुगेको छ।   पछिल्लो २४ घण्टामा ४ हजार १७ जना संक्रमित कोरोनामुक्त भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here