गैरआवासीय नेपाली संघले निर्वाचन समिति गठन

170

काठमाडौं । गैरआवासीय नेपाली संघले निर्वाचन समिति गठन गरेको छ।

संघका अध्यक्ष कुमार पन्तले आगामी अक्टोबरमा १०औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने संघको पदाधिकारीको निवार्चन सम्पन्न गर्नका लागि विधानको उपदफा २१.१ बमोजिम निर्वाचन समिति गठन गरेका हुन्।

समितिको प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ अधिवक्ता लिलामणी पौड्याल रहेका छन्। त्यस्तै, सदस्यहरुमा संघका संरक्षक राम प्रताप थापा, डा. गणेश गुरुङ, डा. देवकाजी डङ्गोल, चिरिञ्जवी ढकाल, डा. विष्णुमाया परियार छन् भने समितिको सदस्य सचिवमा भूषण घिमिरे रहेको संघको सचिवालयले जनाएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here