विप्लवलाई चैत्र महिनाभित्रै ठेगान लगाउने प्रम ओलीको दाबी

101

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समुहका गतिविधि चैत महिनाभित्र नियन्त्रण गरिसक्ने जनाएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा जनाएका हुन् ।

‘उहाँहरु सहमतिमा आए ठिकै छ । नत्र विप्लव समूहका अतिवादी क्रियाकलाप चैतभित्रै सरकारले नियन्त्रण गर्छ’ प्रधानमन्त्री ओलीले भने ‘विकास निर्माणमा अवरोध, शिक्षा स्वास्थ्यमा अवरोध गर्ने,चन्दा माग्ने, मान्छे मार्ने अनि अनि हँसियाहथौडा अंकित झण्डा प्रयोग गर्ने ? यस्तो प्रवृत्तिलाई सरकारले नियन्त्रण गर्छ नै ।’

प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन सकिएकोले सांसदहरुलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिए । जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरुको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न समेत सांसदहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here