यूरोकप छनोटमा जर्मनीको विजयी

112

एजेन्सी / युरोकप फुटबल २०२० को छनोट खेलमा जर्मनीले जितेको छ । समूह सी मा रहेको जर्मनीले नेदरल्यान्ड्समाथि ३–२ गोलअन्तरको रोमाञ्चक जित हात पार्न सफल भयो । जर्मनीका लागि लिरो साने, सर्ज ग्नाब्री र निको स्कुल्जले गोल गरेका थिए भने नेदरल्यान्ड्सका लागि म्याथिज्स डिलिग्ट र मेम्फिस डेपेले गोल गरेका थिए । खेलको १५ औं मिनेटमा नै सानेले पहिलो गोल गरेका थिए भने खेलको ३४ औं मिनेटमा सर्ज गनाब्रीले दोश्रो गोल गरेपछि जर्मनी २–० गोलले गरेका थिए । तर खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले राम्रो प्रदर्शन गर्दै दुई गोल फर्काउन सफल रह्यो । भने खेलको ४८ औं मिनेटमा म्याथिज्सले गोल गर्दै नेदरल्यान्ड्सलाई २–१ गोल गरेका थिए । त्यसैगरी ६३ औं मिनेटमा मेम्फिसले गोल गर्दै जर्मनीलाई २–२ गोलको बराबरीमा गरेका थिए । तर खेलको अन्तिम समयमा निकोले गोल गर्दै जर्मनीलाई जिताएका थिए । उनले ९० औं मिनेटमा गोल गर्दै जर्मनीलाई ३–२ गोलको जित दिलाए । समूह सीकै अर्को खेलमा उत्तरी आयरल्यान्डले बेलारुसलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here