बारामा हात्तीको आक्रमणबाट ४० वर्षिय पुरूषकाे मृत्यु

69

बारा । बारामा हात्तीकोे आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । शुक्रवार कलैया उपमहानगरपालिका वडा नम्वर २ औधापुरका ४० वर्षिय रामदेव पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जंगली हात्तीको आक्रमणमा परेका पटेललाई उपचारको लागि कलैया अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।

गाउँमा प्रवेश गरेका जङ्गली हात्तीलाई नियन्त्रणमा लिन पर्सा राष्ट्रिय निकुञ्जको टोलीलाई खवर गरेको प्रहरीले जनाएको छ । निकुञ्ज टोलीले हात्ती नियन्त्रणमा लिन घटनास्थल वरिपरिको ठाउलाई घेरा हाली खोजविन कार्य तिव्र बनाईएको प्रहरी नायव उपरिक्षक मिश्र बताउछन ।

हात्ती गाउँमा प्रवेश गरेकोले त्यस वरिपरिका वडा नम्वर १,२,३,४,५ घना बस्ती भएकोले कुनै मानविय क्षती नहोस भनेर सव जनालाई सर्तक रहन प्रशासनले आग्रह गरेको छ ।

घटनास्थलबाट करिव १५ किलोमिटर उत्तर दिशामा पर्ने पिलुवाको जङ्गलबाट हात्ती गाउँमा प्रवेश गरेको हुन सक्ने नागरिक समाजका अध्यक्ष उमेशलाल दास बताउछन । जङ्गलमा पानीको बहाव बढि भएकोले जङ्गली जनावारहरु सुरक्षित वाँसस्थान खोज्न गाउँसम्म आएको हुन सक्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here