काठमाडौं । यदि तपाई बैदेशिक रोजगारका क्रममा विदेश हुनुहुन्छ र नेपाल फर्कदै हुनुहुन्छ भने कोरोना सम्बन्धी यी मापदण्डको पालना गर्न जरुरी हुन्छ ।
विश्वव्यापी कोरोना महामारीका कारण नेपाल सरकारबाट हालै जारी भएको ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको व्यवस्थापन सम्बन्धी अध्यादेश २०७८’ अनुसार नेपाल आउने क्रममा र आइसकेपछि यी मापदण्ड पालना गर्न अत्यन्त जरुरी छ ।
यस्ताे छ पालना गर्ने नियमहरु
१ पछिल्लो ७२ घण्टाभित्रको कोभिड–१९ पिसीआर परीक्षणको नेगेटिभ रिर्पोटको फोटो र बारकोड क्युआर यात्रुको साथमा रहनुपर्ने ।
२- कोभिड संकट व्यवस्थापन केन्द्रको वेवसाइटमा रहेको विदेशबाट नेपाल आउने व्यक्तिले भर्नुपर्ने फारम अनलाइनमा भरी प्राप्त हुने बारकोड प्रिन्ट गरेर साथमै लिएर जानुपर्ने । उक्त फारम यहाँ उपलब्ध छ ।
३- यसरी नेपाल जाने यात्रुहरुले आफ्नै खर्चमा ७ दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्ने । सुचिकृत होटलहरुको विवरण यहाँ उपलब्ध छ ।
४- कोभिड १९ विरुद्धको खोप मात्रा (दुबै डोज) पूरा गरी खोप प्रमाणपत्र भएका र कोभिड १९ परीक्षण रिर्पोट नेगेटिभ भएका यात्रुको हकमा भने अनिवार्य १० दिन स्व. क्वारेन्टिनमा बस्ने गरी सिधै गन्तव्यस्थल जान दिने सकिने ।
५ -अन्तिम संस्कार (काज क्रिया) मा सहभागी हुन जाने व्यक्तिलाई स्थानीय तह वा सिसिएमसिको सिफारिसको आधारमा स्वास्थ्य मापदण्डपूर्ण रुपमा पालना गर्ने गरी घर वा गन्तव्यमा जान दिइने ।
६- ७५ वर्ष माथिका जेष्ठ नागरिक वा ५ वर्ष मुनिका नाबालक र नाबालकसँगैँ आएका उनका आमा बाबुको हकमा कम्तिमा १० दिन स्थानीय तहको अनुगमनमा होम क्वारेन्टिनमा बस्ने गरी पठाइने ।
७ -अशक्त, दीघ रोगी, फरक क्षमता भएका व्यक्तिहरु र बिरामीहरुसँगै जाने बढीमा दुई जनासम्म कुरुवाहरुलाई अस्पतालबाट जारी आधिकारीक कागजातका आधारमा कम्तिमा १० दिन होम क्वारेन्टिन वा अस्पतालमा पठाईने ।
८- बुँदा नं ५, ६, र ७ को प्रावधान बमोजिम होम–क्वारेन्टिनमा जानका लागि विमानस्थलमा गरिने ऐन्टिजेन परीक्षणको रिर्पोट नेगेटिभ आउनुपर्ने । तर ऐन्टिजेन परीक्षण गर्दा पोजेटिभ रिर्पोट आएका व्यक्तिहरुलाई आइसोलेशन सेन्टर वा अस्पतालमा पठाइने छ । साथै ऐन्टिजेन परीक्षणको रिर्पोट नेगेटिभ आइ होम क्वारेन्टिनमा गएका यात्रुहरुको एघारौं दिनमा पिसीआर परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने ।
त्यस्तै थप जानकारीका लागि आफू कार्यरत देशमा रहेका दूतावाससँग सम्पर्क गर्न सकिनेछ ।
यस्तो छ होटल क्वारेन्टिनको लिस्ट

















