पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग

56

काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ।

अत्यावश्यकीय उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा भउको  मूल्यवृद्धिले चौतर्फी महँगी बढ्ने भन्दै नेवि संघका महामन्त्री बलदेव तिमल्सिनाले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन्।

कोरोना महामारीको संकटका बेला जनताको चुलो बन्द गराउने सरकार र नेपाल आयल निगमको दुर्नियत निन्दनीय भएको समेत नेवि संघको ठहर छ।

पटकपटक उपभोक्ताको  ढाड सेक्ने गरी गरिएको चर्को मुल्यवृद्धिको बिरुद्ध प्रतिरोध गर्नसमेत महामन्त्री तिमल्सिनाले अपिल गरेका छन्।

निगमले पेट्रोल, मट्टितेल तथा डिजेलको मूल्य लिटरमा २ रुपैयाँले बढाएको छ। यस्तै, हवाई इन्धन ९आन्तरिक उडान०को मूल्य पनि प्रतिलिटर २ रुपैयाँ बढाएको छ। यस्तै, हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएको छ।

निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्य समेत बढाएको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाइएको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ४२५ रुपैयाँ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here