विद्यार्थीमाथि जबरजस्ती करणी गरेको भन्दै जाहेरी

35

दाङ । जिल्लामा एक शिक्षकले विद्यार्थीमाथि जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ। शान्तिनगर गाउँपालिका ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसइईको तयारी गरिरहेकी छात्रामाथि करणी गरेको जाहेरी परेको हो।

सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार मंगलबार इप्रकामा जाहेरी परेको हो।

सबै बसेर परीक्षाको तयारी गरिरहेका बेला त्यही क्रममा शिक्षकले पीडित बालिकालाई काम छ भन्दै बाहिर बोलाएर भवनको भर्‍याङमुनि लिएर जबरजस्ती करणी गरेको पीडितले बयान दिएको प्रहरीको भनाइ छ। शिक्षक पौडेलले होस्टेलमा बस्ने विद्यार्थीलाई हेरचाह गर्दै आएका थिए।

उनी सोही विद्यालयका प्रावि शिक्षक हुन्। जाहेरी परेपछि उनको खोजी कार्य भइरहेको डिएसपी मल्लले बताए। पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनको मंगलबार नै स्वास्थ्य परीक्षण गरिएको प्रहरीले बताएको छ।

यस विषयमा अखिल क्रान्तिकारी दाङ, अनेरास्ववियु दाङले सत्यतथ्य छानविन गर्न माग गरेको छ। अध्यक्ष गिरबहादुर महराले बुधबार एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

यस्तै, अनेरास्ववियु दाङका अध्यक्षले पनि एक विज्ञप्ति निकालेर जबरजस्तीकरणी गरेको दु:खद घटनालाई प्रशासन तथा शक्ति र सत्ताको आडमा ढाक छोपमा लाग्न खोज्नुले न्यायप्रेमी युवा विद्यार्थीलाई निकै आक्रोशित बनाएको भन्दै दोषीलाई कानुनको दायरामा ल्याएर कारबाहीको माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here