रुपन्देही । गत जेठ १३ गते बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट गरेको अभियोगमा थुनामा रहेका तीन जनालाई अदालतले धरौटीमा छोड्ने आदेश दिएका छन् ।
बाँके जिल्ला अदालतले २५ हजार धरौटीमा छोड्ने आदेश दिएपछि उनीहरु आइतबार नै छुटेका हुन् । न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले दाङ तुलसीपुरका मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई जनही २५÷२५ हजार धरौटीमा छोड्न आदेश दिएको हो ।
अस्पतालका डाक्टर÷नर्समाथि कुटपिट गरेको अभियोगमा थुनामा रहँदै आएका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई कारबाही गर्न चौतर्फि दबाब परेको थियो ।
साे घटना भएकै दिन बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति बनाइएकोमा उक्त समितिले घटनाको ५ दिनपछि २५ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो । उनीहरुलाई सोही दिन राति प्रहरीले पक्राउ गरी थुनामा राख्दै आएको थियो ।