भारतमा चट्याङ लागेर ६८ जनाको मृत्यु

121

भारत ।  चट्याङ पर्दा भारतमा ६८ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार उत्तर प्रदेश, मध्यप्रदेश तथा राजस्थानका विभिन्न स्थानमा चट्याङ लागेर ६८ जनाको मृत्यु भएको हो।

उत्तर प्रदेशको अलग अलग जिल्लामा मात्र मृतकको संख्या ४१ पुगेको छ। यूपी सरकारका अनुसार प्रयागराजमा सबैभन्दा धेरै १४ जनाको मृत्यु भएको छ। कानपुर र फतेहपुरमा १० जनाको, कौशाबीमा ४ जनाको, फिरोजाबादमा ३ जनाको , उन्नाव हमीरपुर र सोनभद्रमा २/२ जनाको मृत्यु भएको छ।

२२ जना घाइते हुँदा २ सय भन्दा धेरै चौपाया मरेका छन्।  त्यस्तै राजस्थानमा २० जनाको मृत्यु भएको छ। राजस्थान सरकारले मृतकका परिवारलाई ५ लाख क्षतिपूर्ति दिने जनाएको छ। चट्याङलागेर दर्जनौं पशु चौपाया मरेका छन्। मध्यप्रदेशमा चट्याङ लागेर ७ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here