करेन्ट लागेर मृत्यु, मृतक फेला

15

२१ साउन बागमती नगरपालिका-१० शंकरपुर टोल बस्ने ६५ वर्षीया मानकी देवीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।

सोही नगरपालिका-८ कल्याणपुर टोलमा माइकबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नगर अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यस्तैगरी  मृत अवस्थामा फेला धनुषाकाे  हंसपुर नगरपालिका-७ प्रसाही गाउँस्थित पोखरीमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here