युरोकपमा कुन टिमले कति पुरस्कार जिते यस्तो छ

70

एजेन्सी । विश्वकप पछि फुटबलमा सबैभन्दा बढी पुरस्कार राशी भएको युरोकप हो । युरोकपको पुरस्कार रकम नै करोडौं डलरको छ ।

यसपालीको विजेता इटालीले १ करोड युरो पुरस्कारस्वरुप प्राप्त गरेको छ । यो १ अर्ब ४१ करोड नेपाली रुपैयाँ बराबर हुन्छ । उपविजेता इंग्ल्यान्डले ७० लाख युरो अर्थात् १ अर्ब नेपाली रुपैयाँ बराबरको रकम प्राप्त गरेको छ ।

सेमिफाइनलसम्म प्रवेश गरेका स्पेन र डेनमार्कले ५० लाख युरो पुरस्कारस्वरुप प्राप्त गरे । क्वाटरफाइनलसम्म पुगेका ४ टोलीले ३२ लाख ५० हजार युरो प्रति टोली प्राप्त गरे ।

अन्तिम १६ सम्म पुगेका ८ टोलीले प्रति टोली २० लाख डलर प्राप्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here