एजेन्सी । दक्षिण अफ्रिकामा एउटी आमाले आफ्नो बच्चालाई जलिरहेको घरको माथिबाट तल फ्याँकेकी छिन् । उनको घरमा लुटेराले आगो लगाइदिएपछि उनले छोरीको ज्यान बचाउन यसो गरेकी हुन् ।
मानयोनीलगायत अन्य मानिसहरु उक्त भवनमा फसेका थिए । उक्त भवनमा भुइँतलाबाट आगो फैलिएको थियो ।मानयोनीले आफ्नी छोरीलाई छिमेकीको हातमा फ्याँकिरहेको भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ ।
‘म असाध्यै आत्तिएकी थिएँ, साँच्चै नै । तर बाटोमा मानिसहरु थिए,’ उनले बीबीसीलाई भनिन् ।
‘मानिसहरुले चिच्याउँदै भनिरहेका थिए, ‘उसलाई फ्याँक, फ्याँक’ । म त्यतिबेला जति आत्तिरहेकी थिएँ, मैले मेरी छोरी जिम्मा लगाउनका लागि जोसुकैलाई पनि विश्वास गरिरहेकी थिएँ । म भएको ठाउँ बलिरहेको थियो र त्यहाँ जताततै धुँवा थियो ।’
उनकी छोरीलाई केही पनि भएन र उनीहरुको पछि भेट भयो ।
मायोनीले रोयटर्ससँगको कुराकानीमा भनिन्, ‘छोरीलाई फ्याँकेपछि, मैले बेस्सरी टाउको समातेँ तर उहाँहरुले उसलाई समात्नुभयो ।’
‘उसलाई सुरक्षित राख्नु नै मेरो एउटै उद्देश्य थियो । मैले उसलाई छोडेर भाग्न पनि सकिनँ ।’

















