इन्भेष्टमेन्ट बैंक युरोमनि अवार्डबाट सम्मानित

200

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) युरोमनि अवार्ड ‘उत्कृष्ट बैंक नेपाल २०२१’ बाट सम्मानित भएको छ । बैंकले दोस्रोपटक यो अवार्ड हात पारेको हो ।

बैंकले यसअघि सन् २०१८ मा पनि युरोमनि अवार्ड प्राप्त गरेको थियो । युरो म्यागाजिनले दिने यो अवार्ड वित्तीय क्षेत्रमा निकै सम्मानित मानिन्छ भने यो म्यागेजिन वित्तीय बजारमा विश्वभर प्रख्यात छ ।

बैंकले यसअघि पाँचपटक ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरिसकेको छ । इन्भेष्टमेन्ट बैंक अहिले हिमालयन बैंकसँग मर्जर प्रक्रियामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here