जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ

100

काठमाडौं । भक्तपुर चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने ४१ वर्षीय विरस तामाङको घरमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग नगरकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ७ सय ६० रुपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।
दाङकाे घोराही उपमहानगरपालिका-१३ डुमरगाउँ बस्ने ६८ वर्षीय गन बहादुर घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा घर्ती लगायत १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार ५ सय १० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

कास्कीकाे पोखरा महानगरपालिका-४ फिर्केस्थित धादिङ खनियावास घर भएका ६४ वर्षीय रक्चा तामाङको लामा होटलमा जुवातास खेलिरहेको अवस्थामा तामाङ लगायत ११ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने  खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १२ हजार ४ सय ७४ रुपैयाँ र १ सय ४ पत्ता तास सहित पक्राउ गरेको हो ।

झापाकाे दमक नगरपालिका-७ हाटखोला बस्ने ४० वर्षीय कर्ण बहादुर राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई लगायत ११ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८ हजार ९५ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here