१४४ वर्षको जस्तो देखिने किशोरीको निधन

165

काठमाडाैं । कम उमेरमै बुढो हुने समस्याबाट ग्रस्त एक किशोरीको निधन भएको छ । उनी करिव १८ वर्षकी थिइन् ।तर उनको शरीर १ सय ४४ वर्ष सरहको थियो ।

असन्ती स्मिथको गत शनिबार निधन भएको हो । उनी ‘हचिन्सन गिल्फोर्ड प्रोगेरिया सिन्ड्रोम नामक एक दुर्लभ खाले रोगबाट ग्रस्त थिइन् । जसकारण आम मानिसको शरीर आठ वर्षमा जति बुढो हुन्छ, उनको शरीर १ वर्षमा त्यति बुढो हुन्थ्यो ।

यी किशोरीकी आमा फोएबे लुइस स्मिथले बलियो इच्छाशक्ति भएकी आफ्नी उत्कृष्ट छोरीप्रति सम्मान प्रकट गरेकी छिन् । रोगले आफ्नो छोरीको सुन्दर भावनालाई कहिल्यै प्रभाव पार्न नसकेको प्रतिक्रिया उनले दिइन् । यी आमाका अनुसार असन्तीले आफ्नो जीवन पुरै खुसीका साथ बिताएकी थिइन् ।

यी किशोरीका बाबु साइने विकिन्स र आमा स्मिथ मृत्युको समय उनीसँगै थिए । यी दुबै ३३ वर्षका छन् । उनीहरुको परिवारका निकट मित्र केलिग कार्टव्रिथ पनि मृत्युको समय किशोरीसँगै थिए ।

प्रोगेरियाले ग्रस्त भएपनि उनको जीवनको खुसीमा यसले असर नगरेको उनीहरुले बताए । ‘उनी निकै तगडा थिइन् । र, खुसीसाथ जीवन बाँचेकी थिइन् । उनी मनले चाहेको गर्थिन्, यो सबैलाई थाहा छ । रोगले उनको आत्मबललाई असर गर्न सकेन । उनले हरेक दिन सुन्दर ढंगले बिताइन्,’ आमाले भनिन्, ‘सबैले यी सानी बच्चीलाई माया गरे । उनले आफ्नो आत्मबलद्धारा सबैको हृदय जितिन् ।

मृत्युको दिन पनि उनी बाहिर निस्किएकी थिइन् । केएफसी गएकी थिइन्, पार्कमा घुमेकी थिइन् । उनी ठीकठाक थिइन् । आधा घण्टाअघि उनी एक्कासी बिरामी परेकी थिइन् र उनले भनिन्, आमा म तिमीलाई माया गर्छु । तिमीले मलाई जान दिनुपर्छ ।’

यी किशोरीको जीवनलाई धेरैले २००८ मा प्रदर्शित फिल्म ‘द क्युरियर केस अफ बेन्जामिन बटन’ को पात्रसँग तुलना गरेका छन् । १९२२ मा स्कट फिट्जेराल्डले लेखेको कथामा यो फिल्म आधारित छ, जहाँ ब्राड पिटले बुढ्यौलीबाट ग्रस्त हुने समस्या भएको आफूभन्दा निकै कम उमेरको व्यक्तिको भूमिका निर्वाह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here