एकदुई दिनमै सरकारलाई पूर्णता दिन्छौं : प्रवक्ता श्रेष्ठ

70

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठ एक/दुई दिनभित्रै सरकारलाई पूर्णता दिने जनाएका छन्।

आइतबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकपछि स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले एमालेको माधवकुमार नेपाल पक्ष र जसपालाई पर्खिएका कारण सरकार विस्तारमा ढिलाई भएको जनाए ।

‘गठबन्धनमा रहेका सरकारमा सामेल हुन सक्ने सबै पार्टीहरुको तर्फबाट मन्त्रिपरिषद्‌‌मा सहभागी गराई पूर्णता दिनुपर्छ भन्ने ठानेर गरिएको हो। जसपाको वैधानिकताका निम्ति जसपाले नै केही समय पर्खिन भनेकाले पर्खिएको हो’, श्रेष्ठले भने, ‘त्यसैगरी गठबन्धनमा सामेल कतिपय पार्टीहरू सरकारमा सामेल हुने वा नहुने निर्णय भइनसकेको कारणले केही समय अझै मन्त्रिपरिषद्लाई पूर्णता दिने काम थाती राख्न वा ढिला गर्न अनुरोध गरिएको थियो।’

अब धेरै ढिला गर्न हुन्न भन्ने बारेमा गठबन्धन एउटा निष्कर्षमा पुगेको उनले बताए। ‘अब एक/दुई दिन भित्रैमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी अगाडि बढ्छौं। जसपापछि एमाले नेपाल खनालपक्ष नै हो। त्यसैले उहाँहरुकै बारेमा भनिएको हो। उहाँहरुले केही समय माग्नु भएको छ। उहाँहरुले ढिला गर्न हुन्न छिट्टै निर्णय दिनुपर्छ’, उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here