पाँच विद्यार्थीद्वारा त्रिवि परीक्षा सञ्चालन पूर्व खोपको व्यवस्था गर्न माग

179

काठमाडौं । पाँच विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा परीक्षा सञ्चालन गर्नुपूर्व सम्पूर्ण विद्यार्थीलाई खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपाल विद्यार्थी संघ‚ अखिल (क्रान्तिकारी)‚ अनेरास्ववियू‚ समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँले देशका सबै परीक्षा केन्द्रमा सम्पूर्ण विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् ।

आफूहरूले विश्वविद्यालयको जनशक्ति र विद्यार्थीलाई खोप लगाएर तथा स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सुचारू गर्न माग गरेको भन्दै परीक्षाअघि सबै विद्यार्थीलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।

‘देशभरका विद्यार्थीहरूलाई खोप नलगाएको र स्वास्थ्य मापदण्ड अपनाउन नसकेका कारण कोरोना संक्रमणको जोखिम बढेको छ‚’ ज्ञापनपत्रमा भनिएको छ‚ ‘परीक्षा दिने विद्यार्थीहरूलाई मानसिक तनाव थपिएको छ भने परीक्षा हलमा असुरक्षा महसुस भएका कारण परीक्षा पनि प्रभावकारी भएको छैन ।

’  ज्ञापनपत्रमा नेवि संघका अध्यक्ष राजिव ढुंगाना‚ अखिल (क्रान्तिकारी) अध्यक्ष रञ्जित तामाङ‚ अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली‚ समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल (छैठौँ) का अध्यक्ष विमल पोखरेलले हस्ताक्षर गरेका थिए ।

No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here