सुकुमबासी समस्या समाधान गर्न व्यक्तिगत स्वामित्वमा जग्गा रहने व्यवस्था अन्त्य गर्न वामदेवको माग

95

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सुकुमबासी समस्या समाधान  गर्न व्यक्तिगत स्वामित्वमा जग्गा रहने व्यवस्था अन्त्य गर्न माग गरेका छन्। उनले सबै जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्नुपर्ने समेत बताए।

राष्ट्रियसभाको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले जमिनमा व्यक्तिगत स्वामित्व रहने व्यवस्था भएसम्म सुकुमबासी रहरहने भएकाले व्यक्तिगत स्वामित्वमा जग्गा रहने व्यवस्था अन्त्य गर्नुपर्ने बताए।

ुभुमि सुधार लागु गरौँ। अव्यवस्थित गरेर बसेको भूमिहीन र सुकुमबासीको समस्या समाधान गर्नुपर्छ‚’ उनले भने‚ ‘भूमिहीन सुकुमबासीको समस्या के हो ? जमिनमा व्यक्तिगत स्वामित्व रहने व्यवस्था भएसम्म सुकुमबासी बन्ने प्रक्रिया सुरु हुन्छ। त्यसैले त्यो अन्त्य गरौँ।’

गौतमले घरबारविहीन २० लाखलाई दिने जग्गा नभएको दाबी गरे। ‘हामीले जहिले जसरी पनि जमिन नै दिनुपर्छ भनेको छौँ‚’ उनले भने‚ ‘२० लाख घरबारविहीन भएकाहरुलाई जमिन दिने जग्गा छैन।’ जमिन बाँडेर सुकुमबासी र भूमिहीन समस्या समाधान नहुने उनको भनाइ छ।

‘जमिनमाथि व्यक्तिको स्वामित्व कायम भएसम्म यस्तो अवस्था भइरहन्छ‚’ उपाध्यक्ष गौतमले भने‚ ‘सरकारले सबै जमिन किनेर सरकारले आफ्नो बनाओस्। सरकारले अधिग्रहण गर्न सक्छ। सम्पत्ति मौलिक अधिकार भएकाले विकल्प दिनुपर्छ, जमिन व्यक्तिगत स्वामित्वमा ल्याएर उपयोगमा लागौँ।’

अहिले भूमि आयोग विघठन भएको भन्दै आन्दोलन उठे पनि आयोगले केही नगर्ने गौतमले बताए। उनले भने‚ ‘२०५१ सालमा गठन गरेको आयोगले के कति काम गर्यो ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here