काठमाडाैं । चर्चित गायिका अन्जु पन्त र बिन्ती कुमार गुरुङ्गको स्वर रहेको “चोखो माया” भिडियो सार्वजनिक भएको छ ।
मायाप्रीतिले भरिपूर्ण रोमान्टिक शैलीको यस गीतमा शब्द र संगीत पनि स्वयम गायक गुरुङ्गकै रहेको छ भने संगीत संयोजम लहाङ्ग सुब्बाले गरेका छन् ।
नायिका नम्रता सापकोटा र कमल सिंहले अभिनय गरेको यस म्यूजिक भिडियो निर्देशन रायन कार्कीले गरेका छन् ।
गायक गुरुङले आफ्नो जन्मदिनको अवसर पारेर सो गीतको भिडियो आफ्नै होम प्रोडेक्सन ज्यासमिन कृयशनको युट्युब च्यनल मार्फत सर्वजनिक गरेका हुन ।


















