उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी

63

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न लम्ब्याउन आज सीसीएमसी र उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको बैठक बस्ने भएको छ। निषेधाज्ञाबारे निर्णय गर्न अहिले डीसीसीएमसीको बैठक बसिरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनाए।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकाले निषेधाज्ञालाई निरन्तरता दिइने उनको भनाइ छ। ‘अहिले डीसीसीएमसीको बैठक बसिरहेको छ,’ सीडीओ पराजुलीले भने, ‘केही समयपछि सीसीएमसी र सीडीओहरुको बैठकले निषेधाज्ञाबारे निर्णय गर्नेछ।’

डीसीसीएमसीले गरेको प्रस्तावका आधारमा  निषेधाज्ञाको मोडालिटीबारे छलफल हुने उनले जानकारी दिए। आज बस्ने सीसीएमसीको बैठकले पछिल्लो साताको संक्रमणदर र मृत्युदरको समीक्षा गर्ने र थप निर्णय गर्ने उनको धारणा छ।

पछिल्लो साता थप गरिएको निषेधाज्ञामा सरोकारवाला निकायसँगको छलफलबाट राति ८ बजेपछि अत्यावश्यक बाहेकका सबै किसिमका सवारी साधन चल्न रोक लगाइएको थियो। पछिल्लो साता थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ।

काठमाडौं उपत्यकामा बैशाख १६ देखि जारी निषेधाज्ञा विस्तारै खुकुलो बनउँदै लगिए पनि सिनेमा हल, जिमखाना, विद्यालय, मठमन्दिरलगायत सार्वजनिक स्थलमा निषेधाज्ञा कायमै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here