अफगानी महिला फुटबल टाेलीको उद्धार

187

एजेन्सी । तालिबानले सत्ता कब्जा गरेपछि यति बेला अफगानिस्तानमा ठूलै हलचल मच्चिएको छ । पछिल्ला घटनाक्रमले देशभर त्रास फैलिएको छ ।

तालिबानको आगमनपछि महिला फुटबल खेलाडी डरमा रहेको भन्दै विभिन्न संघ संस्था लगायतले चाँडोभन्दा चाँडो उद्धार गर्न अपिल गरेका थिए ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र खेलाडीको संगठन फिप्रोको अपिलपछि अस्ट्रेलियन सरकारले अफगानी महिला फुटबल टिमका खेलाडी र स्टाफसहित ७७ जनाको उद्धार गरेको छ ।

उनीहरूले मंगलबार काबुलबाट अस्ट्रेलियाका लागि उडान भरेका हुन् । अस्ट्रेलियन सरकारले खेलाडीको मद्दतका लागि हात अगाडि बढाएकोमा फिप्रोले धन्यवाद व्यक्त गरेको छ ।

अफगानी महिला टिमकी पूर्व कप्तान खालिदा पोपलले पनि अस्ट्रेलियन सरकारको यो कदमप्रति खुसी व्यक्त गर्दै भनेकी छन्, ‘पछिल्ला केही दिन निकै तनावपूर्ण रह्यो । तर आज हामीले एक महत्वपूर्ण जित हात पारेका छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here