पोखरा / ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक घोषणा भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा आयोजित कार्यक्रममा नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटन अवसरमा बोल्दै मुख्यमन्त्री सुब्बाले सरकारले सन २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जनाए। साहसिक पर्यटनको विकास गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने र गुणस्तरीय पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको जनाउँदै दिवंगत मन्त्री रबिन्द्र अधिकारीको सम्मानमा उनकै गृहजिल्लाबाट नेपाल भ्रमण वर्षको शुभारम्भ गरिएको सुब्बाले जानकारी दिए ।
भ्रमण वर्षका संयोजक सुरज बैधले पर्यटन लगानी सम्मेलन आयोजना गर्ने जनाएका छन। पर्यटन बर्षलाई सफल बनाउन र बिश्वभर नेपाल चिनाउन र पर्यटन क्षेत्रमा लगानी बढाउँलाई सम्मेलनको आयोजना गर्ने बैधले जनाए ।
त्यस्तै निजि क्षेत्रको हौसला बढाउँलाई नेपाल टुरिजम अवार्ड को व्यवस्था गर्ने बैधले कार्यक्रममा जानकारी दिए। नेपाल भ्रमण वर्ष २०२० लक्षित कार्यक्रम केहि दिनमै सार्वजनिक गरिने उनले जनाए ।


















