सेयर बजारमा तीव्र उतारचढाव

72

काठमाडाैं । आज मंगलबार सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । तीव्र उतारचढावबीच अन्त्यमा नेप्सेमा झिनो गिरावट देखिएको छ ।

विगतमा नेप्सेमा ठुलो अंकको गिरावटपछिको अर्को दिनमा उच्च अंकको वृद्धि हुने गर्दथ्यो तर यो पटक भने त्यही इतिहास नदोहोरिनुका विभिन्न कारणहरु भएको बताउँछन् अनुभवी लगानीकर्ता रोशन पुरी । ूविगतमा बजार घट्नुका केहि विशेष कारणहरु हुन्थे जस्तो कि संसद विगठन हुँदा, राष्ट्र बैंकले मौद्रिक निति मार्फत सेयर कर्जामा लगाएका सिमाका कारण लगायत विभिन्न कारणहरुले नेप्से घटेको थियो तर हिजो नेप्सेमा त्यति ठुलो गिरावट आउने कुनै विशेष कारण थिएन त्यही चुनाव पुर्वनिर्धारित समयमा नहुने बाहेक अरु कुनै पनि कारणहरु छैन अहिले बजार घटेको भन्दा पनि घटाइएको जस्तो देखिन्छ, खेलाडीहरुले प्रायोजित रुपमा बजार घटाउन खोजेका कारणले बजार घटेको हो भन्ने मेरो विश्लेषण हो अब बजार धेरै घट्ने ठाँउ पनि छैन अबको १(२ दिनमै बजार अवश्य फर्किन्छ ू उनले भने ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९मंगलबार० सेयर कारोबार मापक नेप्से परिसूचक ५।९२ अंकले घटेर २८१४।७४ विन्दुमा झरेको छ । नेप्से ०।२१ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १।१७ अंकले घटेर ५२४.८६ विन्दुमा झरेको छ ।

कूल २२९ वटा कम्पनीको ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रूपैयाँ २ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here