मिस युनिभर्सको उपाधि मेक्सिकोकी एन्ड्रिया मेजाले जितिन्

180

काठमाडाैं । ६९औं मिस युनिभर्सको उपाधि मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छन्।अमेरिकाकाे फ्लोरिडास्थित हार्ड रक होटल एन्ड क्यासिनोमा भएको प्रतियोगितामा विश्वभरका ७० जना बढी सहभागीलाई पराजित गर्दै २६ वर्षीया एन्ड्रियाले ताज हात पारेकी हुन्।

आठ जनाको प्यानलले एन्ड्रियालाई मिस युनिभर्स घोषणा गरेका थिए। प्रतियोगिता अमेरिकी कलाकार मारियो लोपेज र टेलिभिजन प्रस्तोता ओलिभिया कुल्पोले सञ्चालन गरेका थिए।

पूर्वमिस युनिभर्सहरू चेस्ली क्रिस्ट, पौलिना भेगा र डेमी लिइग टेबोहरू प्रतियोगिताका विश्लेषक थिए। एन्ड्रिया पेसाले सफ्टवेयर इन्जिनियर हुन्। एन्ड्रिया मेक्सिकोबाट मिस युनिभर्स बन्ने तेस्रो महिला हुन्।

सन् २०२० को  मिस युनिभर्स प्रतियोगिता कोरोना महामारीका कारण रद्द भएको थियो। मिस युनिभर्समा मिस नेपाल अंशिका शर्माले पनि सहभागिता जनाएकी थिइन्। उनी भने टप २१ मा नपर्दै प्रतियोगिताबाट बाहिरिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here