धनुषामा  प्रहरीले चलाएको गोली लागेका युवकको पहिचान खुल्यो

45

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका-९ भठियानमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकको पहिचान खुलेको छ । घाइते हुनेमा सहिद नगरपालिका-१ कुम्भकरणका २० वर्षीय सन्तोषकुमार यादव रहेका छन् ।

सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा सोमबार झडप भएको थियो । दुई पक्षबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउनु परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी गराए ।

गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्‍याइएको डीएसपी सिंहले जनाए । उनका अनुसार यादवको मलद्वारमा गोली लागेको छ ।

भठिहनस्थित चोकमा केही अघि यादव चोक लेखिएको बोर्ड राखिएको थियो । त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबीच तनाव बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here