काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हिन्दु राष्ट्रको माग राख्दै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रदर्शन काठमाडौँको पुतलीसडकस्थित पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हस्तक्षेप गरेपछि तनाव सृजना भएको थियो । प्रदर्शनमा राप्रपा अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहरा, बुद्धिमान तामाङसहितका नेताहरु सहभागी रहेका थिए । अध्यक्ष थापालाई पक्राउ गरिएको छ ।
हिन्दु राष्ट्र कायम गर्न, राजासहितको लोकतन्त्र स्थापना गर्न सर्वपक्षीय गोलमेच सममेलनको आयोजना गर्न, संघियता बारे जनमत संग्रह गर्न भन्दै प्रदर्शन गरिरहेकोमा प्रहरीको हस्तक्षेप भएको हो ।


















