पुरानो सत्ता र व्यवस्था पल्टाउन सकिने मोहन वैद्यको दाबी

215

काठमाडौं / क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चाले २९ औं ऐतिहासिक जनआन्दोलन दिवसको अवसरमा आइतबार विशाल जनप्रदर्शन गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशाल जनसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले छरिएर रहेका सबै कम्युनिस्ट क्रान्तिकारीहरुले एकताबद्ध भएर बन्दुक उठाउनेसम्मको हिम्मत गरे पुरानो सत्ता र व्यवस्था पल्टाउन सकिने दाबी गर्दै क्रान्तिकारी कम्युनिस्टहरु, राष्ट्रवादी शक्तिहरु र प्रगतिशील शक्तिहरु एकताबद्ध भएर संघर्षको प्रक्रियालाई अगाडि बढाउने हो भने ओली नेतृत्वको दुई तिहाइ सरकार मात्रै होइन राणा शासनदेखि कायम रहँदै आएको पुरानो सत्ता तथा व्यवस्था पल्टाउन सकिनेमा जोड दिएका छन् ।

महासचिव किरणले भने, ‘अहिले जनआन्दोलन, सडक आन्दोलन अगाडि बढाउने हो । तर आवश्यक प¥यो भने बन्दुक पनि उठाउनु पर्दछ । डराएर हुँदैन । न्याय र अधिकारका लागि बन्दुक उठाउनु जनताको अधिकारको विषय हो । बन्दुक उठाउने हिम्मत गर्ने हो भने सत्ता पल्टाउन सकिन्छ ।’

चैत्र २४ जनआन्दोलन उत्कर्षमा पुगेको दिन भएको र धोका र गद्दारीका कारण आन्दोलनहरु असफल हुन पुगेको चर्चा गर्दै विगतका सकार र नकार पक्षबाट पाठ सिक्दै आफूहरु अगाडि बढ्न खोजेको स्पष्ट पारे ।

मोर्चाको सम्मेलनलाई शुभकामना दिंदै कमरेड किरणले भने, ‘सहि विधान, प्रतिवेदन र सक्षम नेतृत्व निर्माण गर्न, राष्ट्रियता, जनतन्त्र र जनतन्त्रका लागि सशक्त रुपमा आवाज उठाउन र क्रान्ति गर्नका लागि उत्पीडित वर्ग र उत्पीडित जनसमुदायको एकता कायम गरी आन्दोलनको नयाँ मोर्चा खोल्न सान्दार रुपमा अगाडि बढोस् क्रान्तिकारीर्वहारा वर्गको नेतृत्वमा सबै वर्ग र उत्पीडित जनसमुदायलाई गोलबन्द गर्दै आन्दोलनको नयाँ मोर्चा बनाउने र सत्ताको लागि सशक्त संघर्षको उठान गर्ने विषयमा मोर्चाको यो सम्मेलन सान्दार रुपमा सफल रहोस् ।” महासचिव किरणको भनाइ थियो– ‘अब सत्ता विना अरु कुरा गरेर काम छैन ।’

‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधान गर्न यो सरकार र व्यवस्थाबाट सम्भव छैन, त्यसका लागि वैकल्पिक शक्ति चाहिन्छ । त्यो वैकल्पिक शक्ति भनेका हामी हौं । हामी भनेको क्रान्तिकारी माओवादी हो, देजमो हो, अन्य क्रान्तिकारी शक्तिहरु हुन्, देशभक्त तथा राष्ट्रवादी शक्ति हुन् ।’ किरणले भने ।

वर्गीय र जातीयका विषयमा सबै कम्युनिस्ट क्रान्तिकारीहरु स्पष्ट हुन जरुरी रहेको जनाउँदै किरणले भने सच्चा कम्युनिस्टहरु वर्गको भूमिकाका साथै सबै जात जातिहरुलाई मिलाएर लैजानु पर्दछ भन्नेमा स्पष्ट हुन जरुरी रहेकोमा जोड दिए । उनले भने – ‘उत्पीडित वर्ग र उत्पीडित जनसमुदायलाई एक ढिक्का बनाएर नै अबको लडाइँ जित्न सकिन्छ । दशवर्षको जनयुद्धको तागत पनि यही हो, थियो ।’

पार्टी एकताका लागि सबै कम्युनिस्ट क्रान्तिकारी शक्तिसँग निकै मिहनेत गरिरहेको खुलासा गर्दै महासचिव किरणले एकताका लागि खुल्ला भएर छलफल बहस हुन जरुरी रहेको जनाए । उनले भने, ‘पार्टी एकताका लागि धेरै मिहिनेत गरिएको छ । आफ्नो बाहेक अरुको कुरा सुन्नै नचाहने प्रवृत्ति छ साथीहरुमा । साँचो अर्थमा क्रान्तिकारीहरुलाई एकताबद्ध बनाउनै पर्दछ । इतिहासबाट पनि शिक्षा लिनु पर्दछ । सत्प्रशित ठिक ठाक पारेर मात्र एकता हुँदैन, मिल्ने कुराहरु मिलाउँदै जाने र नमिलेका कुराहरुलाई पार्टीभित्र फोरम चलाएर हल गर्दै जानु पर्दछ । एकतामा आउनुहोस्– विप्लवजी, किरातीजी, आहुतीजी सबै आउनुस् । ‘

सभामा मोर्चाका अध्यक्ष सीपी गजुरेलले अब संघीय जनगणतन्त्रको लडाइँ सुरु भएको जनाउँदै चैत्र २४ गते ऐतिहासिक दिन भएको हुँदा विगतका आन्दोलनहरु यही दिनमा उत्कर्षमा पुगेर पञ्चायती व्यवस्थाको पतन भएको जनाए । यस ऐतिहासिक दिनमा ‘जनगणतन्त्रका लागि लडाइँको उद्घोष गर्दछौं भन्दै विचार राजनीतिले मात्र परिवर्तन सम्भव छैन, त्यसका लागि बल प्रयोगको सिद्धान्त अँगाल्नै पर्नेतर्फ जोड दिंदै अध्यक्ष गजुरेलले ओली सरकारको मात्र होइन यो पुरानो दलाल संसदीय व्यवस्थाको विकल्प खोज्ने बेला आएकोले संघर्षका लागि तयार रहन जनसमुदायलाई अपील समेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here