नेपालले वेस्ट इन्डिजमा हुने विश्वकप यू–१९ गुमायो

47

काठमाडौं । नेपालले अर्को वर्ष हुने आईसीसी यू–१९ विश्वकप कुनै खेल नै नखेली गुमाएको छ । युवा विश्वकपको १६ औं संस्करण वेस्ट इन्डिजमा २०२२ मा आयोजना हुँदै छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कोभिड–१९ का कारण यस वर्ष छनोट प्रतियोगिता नहुने जनाएपछि नेपाल यू–१९ विश्वकप खेल्न वञ्चित भएको हो ।

आईसीसीले अमेरिका, एसिया र इस्ट एसिया प्यासिफिकको छनोट नगर्ने निर्णय गरेको हो । यी क्षेत्रबाट क्रमशः क्यानडा, यूएई र पपुवा न्युगिनीलाई यू–१९ विश्वकपमा सोझै प्रवेश दिइएको छ ।  आईसीसी विकास समिति र आईसीसी बोर्डले
सम्बन्धित क्षेत्र पछिल्लो पाँच यू–१९ छनोट प्रतियोगितामा सर्वाधिक जित हात पारेको आधारमा क्यानडा, युएई र पपुवा न्युगिनीलाई छनोट गरेको जनाएको छ । युरोप र अफ्रिका क्षेत्रको छनोट भने आईसीसीले कायम राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here