नेता खनालले स्वास्थ्यमा क्रमिक सुधार

65

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यअवस्था बारेमा जानकारी लिनुभएको छ । आज बुधबार विहान ९ बजे अध्यक्ष दाहाल डल्लुस्थित नेता खनालको निवास पुगेर सो जानकारी लिनुभएको हो ।

अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार भेटमा अध्यक्ष दाहालले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो । नेता खनालले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिनुभएकाे र अध्यक्ष दाहाल र नेता खनालबीच वर्तमान राजनीतिक समसामयिक विषयमा समेत छलफल भएको प्रेस सल्लाहकार सापकोटाले बताउनुभयो ।

नेता खनालले अध्यक्ष दाहालसँग राजनीतिक गतिविधिबारे जिज्ञासा राख्नुभएको थियो । अध्यक्ष दाहालले गठबन्धन दलको साझा सहमतिका आधारमा नेपालको राजनीति अघि बढिरहेको र चाँडै मन्त्रीपरिषद विस्तारको तयारी भएको पनि जानकारी गराउनुभएको थियो ।

नेता खनाल स्वास्थ्य उपचारपछि हालै भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्कनुभएको थियो । उहाँको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो । अहिले उहाँ आफ्नो निवासमै आराम गरिरहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here