अहिले बालबालिकामा एमआईएससी जटिल समस्याका रूपमा देखिन थाल

64

काठमाडौं । कोरोना सङ्क्रमण भएको वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका दुईदेखि छ सातामा बालबालिकालाई ज्वरो आउने वा छालामा समस्या त आएको छैन्?

सचेत हुनुहोस् अहिले बालबालिकामा ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआईएससी) जटिल समस्याका रूपमा देखिएको छ । कोरोना सङ्क्रमित भएको दुईदेखि छ साता रोग प्रतिरोधात्मक शक्ति अनियन्त्रणका कारणले यस प्रकारको रोग बालबालिकामा लाग्ने गरेको विशेषज्ञहरूको भनाइ छ ।

कान्ति बाल अस्पतालका निर्देशक अजित रायमाझीले कोरोना सङ्क्रमित भएको बेला कुनै पनि लक्षण नदेखिए पनि निको भएको छ हप्ताभित्र एमआईएससी देखिन सक्ने जानकारी दिए । ज्यानसम्म पनि जान सक्ने यो जटिलतामध्ये एउटा ठूलो जटिलता रोग हो जुन अहिले नेपालमा पनि बढेको पाइएको छ ।

एमआईएससी भएका बालबालिकाका शरीरका विभिन्न प्रणाली र अङ्गहरूमा एकै पटक असर गर्ने हुँदा विभिन्न खाले लक्षण देखा पर्ने डा रायमाझीको भनाइ छ । कोरोना भाइरससँग लड्नका लागि बालबालिकाको शरीरले गर्ने प्रतिक्रियाका कारण एमआईएससी हुने उनले प्रस्ट पारे ।

हाल कान्ति बाल अस्पतालमा नौ जना सङ्क्रमित बालबालिका रहेको जसमध्ये दुई जना सघन कक्षमा रहेका छन् । यता घुलिखेल अस्पतालका बाल विशेषज्ञ डा अनिश श्रेष्ठले एमआईएससीको समस्या चारदेखि नौ वर्षसम्मको बालबालिकामा रहेको जानकारी दिए ।

एमआईएससीले गाल्यो र साह्रो भयो भने सास फेर्न गाह्रो हुने र बच्चाहरूले पिसाब कम फेर्नेजस्ता समस्या पनि देखिने उनले बताए । प्रतिक्रिया नदिने पनि नराम्रो र ज्यादै प्रतिक्रिया पनि नराम्रो । साधारण प्रतिक्रिया हुनुपर्ने हो । धेरै प्रतिक्रिया दिएर एमआईएससीको अवस्था आउँछ ।”

नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष वरिष्ठ बालरोग विशेषज्ञ डा गणेशकुमार राई पनि कोभिड भएको दुईदेखि चार वा छ हप्ताभित्र यो समस्या देखापर्ने बताए । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here