कपाल झर्ने समस्याबाट छुटकारा पाउने विधि

72

आजकाल कम उमेरमा कपाल झर्ने समस्याबाट मानिसहरु पीडित भइरहेका हुन्छन् । कपाल झर्नुमा विभिन्न कारण हुन्छन् । तीमध्ये एक हो खानपानमा लापरवाहीकाे कारणबाट हुने गर्दछ । यदि खानामा प्रोटीनको कमी भयो भने कपाल झर्ने समस्या हुन सक्छ ।

यसैले प्रोटीन र आइरनयुक्त खाद्यपदार्थ खानुपर्छ । हरियो सागसब्जी, अण्डा आदि दैनिक खानामा समावेश गर्नुपर्छ। बढ्दो उमेर पनि तालु खुईलिने कारण हुन्छ ।

किनभने उमेर वृद्धिसंगै रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ, जसबाट हर्मोन प्रभावित हुन्छ र कपाल झर्न थाल्छ । तर कपाललाई राम्ररी हेरविचार गर्ने झर्ने समस्या कम गर्न सकिन्छ ।

स्याहार गर्ने तरिकाका कारण पनि कपाल झर्छ । खासगरी महिलाहरुले कपाललाई कसेर बाँध्दा रौंको फोलिकल्समा रक्तसन्चार राम्ररी हुन पाउँदैंन, जसका कारण रौं मर्छ र झर्न थाल्छ ।

यसैले त्यस्तो खालको हेयरस्टाइल चयन गर्नुस् जसबाट रौंमा रक्तसन्चार राम्रो होस् । युवा अवस्थामा गर्भनिरोधक औषधि बढी प्रयोग गर्दा पनि कपाल झर्ने समस्या हुनसक्छ ।

गर्भनिरोधक औषधिले हार्मोनल असन्तुलन हुन्छ । यस्तै केमोथेरापी, टाउको दुखेको, थाइराइड र ज्वरोको औषधि पनि कपाल झर्नुमा कारक हुन्छन् । यस्तै, अर्को कारण हो आनुवंशिकले पनि हुन्छ ।

यदि घरमा परिवारका कुनै पनि सदस्यलाई तालु खुईलिने समस्या छ भने पनि कपाल झर्न सक्छ। टाउकोमा कुनै पनि प्रकारको फंगल इन्फेक्सन छ भने पनि कपाल झर्न सक्छ । तर उपचार पछि यसको समाधान हुन्छ ।

परिवर्तित फेसनले कपडामा मात्र होइन, कपालमा पनि अनेक खालको परिवर्तन आइरहेको छ । युवाहरु फेसनका लागि कपालमा पनि नयाँ नयाँ खालका प्रयोग गरिरहन्छन् र कपालमा विभिन्न खालका रसायन प्रयोग गर्छन् । जसका कारण कपाल झर्छ ।

शरीरमा आउने हार्मोनको परिवर्तनले तालु खुईलिने समस्या आउछ । महिलामा एस्ट्र«ोजन हार्मोनको मात्रा बढी हुने समस्यालाई हाइपर थाइराइड भनिन्छ । यस्तो अवस्थामा तालु खुईलिन्छ ।

अनुसन्धानकर्ताका अनुसार उमेर बढेसससँगै सेक्स हार्मोनको स्तर कम हुन्छ र पुरुषमा कपाल झर्ने समस्या हुन्छ । यस्तै, अधिक तनावयुक्त ज्ञड पनि कपाल झर्ने समस्याको कारण बन्छ। बडी बनाउने स्टेरोइडको बढी प्रयोगले पनि कपाल झर्छ । स्टेरोइडले हार्मोन असन्तुलन हुन्छ र तालु खुईलिने समसया निम्तन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here