युएइद्वारा अफगानिस्तानमा राहत आपूर्ति

39

एजेन्सी । संयुक्त अरब इमिरेट्सले अत्यावश्यक औषधि र खाद्य सामग्रीसहित अफगानिस्तानमा आफ्नो विमान पठाएको   छ ।

अत्यन्तै संकटमा रहेका हजारौँ अफगानी खासगरि महिला, वृद्ध र बालबालिकाहरुका लागि यो सहयोग उपलब्ध गराइएको इमिरेट्स सरकारले जनाएको छ ।

यो सहयोग इमिरेट्सको ‘मानवीय भूमिका’ कै पाटो स्वरुप अफगानी दाजुभाइका लागि पूर्ण समर्थनका रुपमा दिइएको बताइएको छ ।

यो इमिरेट्सका संस्थापक अभिभावक, स्वर्गीय शेख जैयद विन सुल्तान अल नाह्यनले बढाएको दान, सहिष्णुता र मानवीयताको सेवा जस्ता मूल्यहरुको कार्यान्वयनकै निरन्तरता भएको पनि सरकारले उल्लेख गरेको छ ।

‘इमिरेट्सको सहयोग मानवीय सहयोगमा मात्र सीमित छैन । केही दिन अघि मात्र आबुधावीका युवराज तथा सेनाका उपप्रमुख शेख मोहम्मद बिन जैयद अल नाह्यनको निर्देशन अनुसार इमिरेट्सले हजारौँ अफगानीहरुलाई आश्रय र आवश्यक सेवा दिइरहेको छ मुलुकमा अस्थायी रुपमा’, सरकारी श्रोतले भन्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here