मनाङ मर्स्याङ्दीले जावलाखेल युथ क्लबलाई १-० गाेल हरायाे

150

काठमाडौं। दिनेश राजवंशीले गरेको एक मात्र गोल मद्दतमा मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबलाई १-० ले पराजित गरेको छ ।

दोस्रो हाफमा दिनेश राजवंशीले गरेको गोल नै ३ अंक दिलाउन निर्णायक बन्यो। राष्ट्रिय टिमका ४ खेलाडीसहित मैदान उत्रिएको मनाङले पहिलो हाफमा खासै प्रभाव जमाउन सकेन। पहिलो हाफमा जावलाखेलका जुनियर ओङ्गवानाको हेडर बारमा लागेर फर्कँदा अग्रता लिने अवसर गुमाएको थियो ।

दशरथ रंगशालामा भएको खेलको ३१औं मिनेटमा मनाङका ओलावाले आफिजले गोल गरेपनि अफसाईड हुँदा मान्यता पाएन। एडेलाजा सोमिडेले पुजन उपकरकोटीको फ्रिकिकमा गोल गर्ने अवसर गुमाएपछि रिबाउण्डमा ओलावालेले हानेको गोल अफसाइड भयो।

पहिलो हाफको अन्तिममा जावलाखेलले अग्रता लिने अवसर गुमायो । सुरज ज्यु ठकुरीको कर्नरमा ओङ्गुना जुनियरको हेडर बारमा लागेर फर्किएको थियो ।

दोस्रो हाफको सुरुवातदेखि नै मनाङले खेलमा आक्रमण बनायो। ५० औं मिनेटमा मनाङका दयानन्द सिंहले पेनाल्टी बक्स भित्रबाट हानेको बल बारमाथिबाट बाहिरियो।

५४औं मिनेटमा अन्जन विष्टले पनि गोल गर्ने अवसर गुमायो। सरोज योन्जन लामाको क्रसमा अन्जनले गोलकिपर अगाडी बढेको बेला हानेको हेडर पोष्ट नजिकैबाट बाहिरिएको थियो ।

५७औं मिनेटमा दिनेश राजवंशीले दयानन्द सिंहको कर्नरमा गोल गर्दै मनाङलाई अग्रता दिलाए। जावलाखेलका जुनियरले ७३औं र पेमा शेर्पाले ७८ औं मिनेटमा गोलको अवसर सदुपयोग गर्न सकेनन्।

८९औं मिनेटमा ओलावालेले कप्तान अन्जन विष्टको पासमा हानेको प्रहार पोष्ट नजिकबाट बाहिरिँदा मनाङले अग्रता दोब्बर पार्ने अपसर गुमाएको थियो ।

लिगमा सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र नृपाल पुलिस क्लब तथा साविक विजेता मछिन्द्र फुटबल क्लब र एनआरटी बीच खेल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here