पछाडिपट्टि टाउको जोडिएर जन्मिएका जुम्ल्याहाको सफल शल्यक्रिया

90
एजेन्सी । इजरायलमा पछाडिपट्टि टाउको जोडिएर जन्मिएका दुई जना जुम्ल्याहाको सफल शल्यक्रिया गरिएको छ।

इजरायलको सोरोका मेडिकल सेन्टरमा एक वर्षकी ती जुम्ल्याहाको आइतबार सफल शल्यक्रिया गरिएको छ। शल्यक्रियापछि पहिलो पटक उनीहरूले एक-अर्काको अनुहारमा हेरेका छन्।

१२ घन्टा लामो शल्यक्रिया गर्न इजरायल र विदेशका विशेषज्ञ चिकित्सकहरू खटिएका थिए। ‘यो निकै दुर्लभ र कठिन शल्यक्रिया हो। संसारभरि यस्तो शल्यक्रिया अहिलेसम्म २० पटक भएको छ भने इजरायलमा पहिलो पटक गरिएको हो,’ सोरोकाका पेडियाट्रिक न्युरोसर्जन प्रमुख माइकी गिडोनले भनेका छन्।

शल्यक्रियापछि दुबै जनाको स्वास्थ्य सुधार हुँदै गएको छ। ‘दुबै जनाले मजाले सास फेरिरहेका छन् र खाना पनि खाइरहेका छन्,’ सोरोकाको प्लास्टिक सर्जरी विभागका प्रमुख एल्डाड सिल्बरस्टेनले भनेका छन्।

सन् २०२० को अगस्टमा जन्मिएका यी दुई जना जुम्ल्याहाले अब सामान्य जीवन बाँच्न सक्ने डाक्टरहरूले आशा गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here