बिदाई कार्यक्रम सम्पन्न

464

काठमाडाैं । जंगी अड्‍डामा आयोजित एक विशेष समारोहकाबीच प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको बिदाई कार्यक्रम  भाद्र २० गते सम्पन्न भएको छ ।

न्यायाधिश, का.मु. प्रधान सेनापति, पूर्व प्रधान सेनापतिहरु, रक्षा सचिव, नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, सुरक्षा निकायका प्रमुखहरु, सैनिक श्रीमती संघका पदाधिकारीहरु, संचारकर्मीहरु लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले महारथी थापाले आफ्नो ४२ वर्ष लामो सैनिक जिवनको दौरान नेपाली सेनाको सर्वोच्च पदमा पुगेर संस्थाको श्रीवृद्धि गर्न र नेपाली सेनालाई भरोसायोग्य संगठनको रुपमा रुपान्तरण गर्न पुर्‍याउनु भएको अतुलनीय योगदानको लागि बधाई दिनुहुँदै आगामी दिनमा रक्षा मन्त्रालय तथा नेपाली सेनाबीच साझा लक्ष्य तथा उद्देश्य प्राप्तीको लागि सदैव सहकार्य हुने धारणा व्यक्त गर्नु भएको थियो ।

उक्त समारोहमा मन्तव्य राख्‍ने क्रममा का.मु. प्रधान सेनापति रथी प्रभुराम शर्माले महारथी थापाको ३ वर्षे प्रधान सेनापतिको कार्यकालमा नेपाली सेनामा भएको सांगठनिक सुदृढीकरण, आधुनिकीकरण तथा पद्धति र प्रणालीको विकासमा भएका आमूल परिवर्तनले नेपाली सेनालाई थप सक्षम र सबल बनाउन सफल हुनु भएकोमा हार्दिक बधाई दिनुहुँदै आफ्नो भावी कार्यकालका मुख्य प्राथमिकताहरुका सम्बन्धमा समेत प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रधान सेनापति महारथी थापाले मन्तव्य राख्‍नु हुँदै पद्दती र प्रणालीलाई आत्मसात गर्ने आधारभुत चरित्रको निर्माणले नेपाली सेना आधुनिक र व्यवसायीक सेनाको रुपमा कायम हुने विश्‍वास व्यक्त गर्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरुको कार्यान्वयन तथा अन्य विविध सकारात्मक प्रयासहरुमा दनिरन्तर सहयोग गर्ने रक्षा मन्त्रालय लगायत अन्य सबैमा हार्दिक कृतज्ञता समेत व्यक्त गर्नु भएको थियो ।

यस अघि प्रधान सेनापति महारथी थापाले का.मु. प्रधान सेनापति रथी शर्मालाई नेपाली सेनाको झण्डा, प्रधान सेनापतिको झण्डा तथा छडी हस्तान्तरण गर्नुभएको थियो भने महारथी थापाको सम्मानमा एक टुकडीले सम्मान गारद समेत अर्पण गरेको थियो ।

नेपाली सेनाको सम्पूर्ण युनिटहरुमा Live Telecast गरिएको उक्त विदाई कार्यक्रम कोभिड-१९ को स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डहरु अपनाई संचालन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here