नेप्सेमा उच्च अंकको गिरावट

60

काठमाडौं । नेपालको पुँजीबजारमा उच्च अंकको गिरावटले आज पनि निरन्तरता पाएको छ। बुधबार पुँजीबजार मापक परिसूचक नेप्से ६०.०२ अंकले घटेर २८७६.५९ विन्दुमा ओर्लिएको छ।

सोमबार १६२ अंकको उछाल आएको नेप्से मंगलबार ४४.१८ अंकले घटेको थियो। पुँजीबजारमा लगातार उच्च अंकको गिरावट आउन थालेपछि सोमबार अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरेर पुँजीबजारको समस्या समाधान गर्द आग्रह गरेका थिए। अर्थमन्त्रीको उक्त फोनपछि बजारमा उछाल आएको थियो। तर, त्यसपछि लगातार दोस्रो दिन नेप्से उच्च अंकले घटेको छ।

आज कारोबार पनि घटेको छ। मंगलबार सात अर्ब ४९ करोड रुपैयाँमा सीमित भएको कारोबार आज झन् घटेर छ अर्ब ६४ करोड ६६ लाख २३ हजार रुपैयाँमा खुम्चिएको नेप्सेले जनाएको छ। कूल २२५ वटा कम्पनीका एक करोड ६१ लाख ४८ हजार ६५२ कित्ता सेयर ७४ हजार ८९० पटक खरिद(बिक्री भएका थिए।

कारोबार भएकामध्ये २० वटा कम्पनीको मात्र सेयर मूल्य बढेका छन् भने १६१ कम्पनीको मूल्यमा गिरावट आएको छ।

ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ११।९१ अंकले घटेर ५३६।५२ विन्दुमा ओर्लिएको छ।

आज सानीमा लाइफ इन्स्योरेन्सको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ६।०६ प्रतिशतका दरले गुमाएका छन्।

आज युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको सेयर सबैभन्दा धेरै ४० करोड ५७ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। सोही कम्पनीको सेयर सबैभन्दा धेरै तीन हजार ३०१ पटक किनबेच भएका थिए।

आज सबै उपसमूहको परिसूचक नकारात्मक बनेको नेप्सेले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here