माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले संघ र प्रदेशको निर्वाचन हुने दाबी

81

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने दाबी गरेका छन्।

नेकपा माओवादीनिकट प्रेस सेन्टरका पदाधिकारीसँगको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २, ४ दिनमै निर्वाचनको मिति घोषणा हुने बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले आज–भोलिमै निर्वाचनको घोषणा गर्छु भनेको भए पनि नागरिकता विधेयकलगायत कानुनहरू निर्माण भएपछि मात्रै घोषणा गर्न आफूले सुझाव दिएको बताए ।

‘अहिलेको गठबन्धन निर्वाचनसम्म नै कायम रहन्छ। हामी विचार मिल्नेहरूका बीचमा पनि तालमेल हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सहभागीले भने ‘मैले पार्टीका नेतालाई पनि यही भनेको छु। ढुक्कले निर्वाचनको तयारीमा लाग्नुस्। हामी गठबन्धन बनाएर अघि बढ्नुपर्छ।’

प्रचण्डले माओवादी केन्द्रले निर्वाचन जित्नै पर्ने बताएका थिए। उनले माओवादीले चुनाव नजिते अहिलेको व्यवस्था नै खतरामा पर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here