नेपाल र पपुवा न्युगिनीसँग दोस्रो एक दिवसीय क्रिकेट खेल्ने

60

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार पपुवा न्युगिनी (पिएनजी) सँग दोस्रो एक दिवसीय क्रिकेट खेल्दै छ। यो खेल डे नाइट एकदिवसीय हो।

खेल नेपाली समयअनुसार दिउँसो सवा चार बजेपछि ओमानको अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ।  नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँग त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्नुअघि पिएनजीसँग तयारीको लागि दुई एकदिवसीय खेल खेलेको हो।

नेपालले पहिलो एकदिवसीयमा पिएनजीलाई दुई विकेटले पराजित गरेको थियो। नेपालले १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याउने क्रममा ८ विकेट गुमाउँदै संघर्षपूर्ण जीत निकालेको थियो। जसमा रोहितकुमार पौडेलले ४१ रनको महत्वपूर्ण योगदान दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here