आज पनि संसद् अवरोध भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

55

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबार पनि संसद्‌ अवरोध गरेको छ।

एमालेले यसअघि भदौ २३ र २५ गतेको बैठकमा पनि अवरोध गरेको थियो। सभामुख अग्नि सापकोटा एमाले विभाजनको मतियार बनेको भन्दै एमालेले विरोध गर्दै आएको छ। आइतबार नै बसेको संसदीय दलको बैठकमा दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले अवरोध जारी राख्ने बताएका थिए। उनले आफ्ना सांसदहरूलाई मर्यादित भएर संसद् अवरोध गर्न निर्देशन दिएका थिए। साथै  सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्षी दल एमाले सांसदहरूलाई संवादमा आउन आग्रह गरेका छन् ।
लगातार तीन दिन प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेर अवरोध सिर्जना गरेपछि समस्या समाधानका लागि सभामुख सापकोटाले संवादमा आउन आग्रह गरेका हुन् ।  तेस्रो दिन आइतबार पनि प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ ।

सोही बेला सभामुख सापकोटाले संवादमा आउन एमाले सांसदहरूलाई आग्रह गर्दै बैठक चल्ने वातावरण बनाउन सबैमा अपील पनि गरेका छन् ।  सभामुख सापकोटाले आफ्नो अधिकारको पालना गर्दा अरुको अधिकार उल्लंघन गर्न नहुने विश्वव्यापी मान्यता रहेको भन्दै अन्य सांसदहरुको अधिकार संकुचित नगर्न आग्रह गरेका छन् ।  उनले संसदीय मूल्य र मान्यता कायम गर्न पटक पटक आग्रहसमेत गरेका छन् । सबै मिलेर संसदीय मान्यता कायम गर्न आग्रह गर्दै संवादमा आउन आग्रह गरे र १५ मिनेटका लागि बैठक स्थगित गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here