सम्पत्ति शुद्धीकरणका १६ सय ८२ उजुरीमाथि छानबिन

42

काठमाडौं । नेपाल विभिन्न आपराधिक क्रियाकलाप तथा अवैध भन्दा सञ्चालन गरी सम्पत्ति आर्जन गर्ने क्रममा कमी आएको छैन् ।

विभिन्न निकाय तथा व्यक्तिले त्यसरी आर्जन गरेको कालो धनलाई सेतो बनाउने प्रयासविरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीव्र पारेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आर्थिक वर्ष २०७८/७९ सम्म जम्मा १६ सय ८२ वटा उजुरीबारे छानबिन थालेको छ । त्यसका लागि विभागले प्रारम्भिक जाँचबुझ अधिकृत तोकेर अनुसन्धान प्रक्रियालाई द्रूत गति दिएको हो ।

विभागका महानिर्देशक तारानाथ अधिकारीले उजुरीको प्रकृति र गाम्भीर्यताका आधारमा अनुसन्धान प्रक्रियालाई अघि बढाइने बताए । महानिर्देशक अधिकारीका अनुसार स्क्रिनिङ कमिटिले जाँचबुझका लागि उपयुक्त ठहर्‍याएपछि मात्रै प्रारम्भिक जाँचबुझ अधिकृत तोकेर अनुसन्धान थालिने गरिएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here