एसियन कप छनौटमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने

64

काठमाडौं । एएफसी महिला एसियन कप फुटबल छनौटमामा आज नेपाली महिला फुटबल टोलीले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ। उज्बेकिस्तानमा आज नेपाली समयअनुसार पौने ४ बजे खेल सुरु हुनेछ।

नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले नेपाली टोली उत्साहित भएको भन्दै यसअघि बंगलादेशसँगको खेलमा देखिएका कमी कमजोरीलाई सुधारेर राम्रो प्रदर्शन गर्ने बताइन्।

‘सबैजना खेल्नलाई उत्साहीत छौं। हाम्रो तयारी पनि पूरा भएको छ। हामीले दुई महिना नेपालमै ट्रेनिङ गर्‍यौं र दुईवटा मैत्रीपूर्ण खेल पनि खेल्यौं। त्यस खेलले पनि राम्रो गरेको छ,’ कप्तान नगरकोटीले भनिन्, ‘हाम्रो टिमको कमी कमजोरी र बलियो पक्ष के थियौ भनेर आँफै आफै खेलेर पत्ता लगाउन सक्दैन थियौं। दुईवटा मैत्रीपूर्ण खेलले चाहिँ मद्धत पुगेको छ। त्यहाँको कमी कमजोरीलाई यहाँ हामी गर्दैनौं र नदोहोर्‍याउने कोसिस गर्दै कसरी अघि बढेर छनौटमा हुने भन्ने हाम्रो सोच छ।’

त्यसो त फिलिपिन्स र हङकङ दुवै टोली फिफा वरीयतामा नेपालभन्दा भन्दा धेरै अगाडि छन्। फिलिपिन्सको महिला टोली ६८ औं स्थानमा छ भने हङकङको टोली ७६ औं स्थानमा छ। यद्यपि, खेलमा जितका लागि वरीयताले ठूलो असर नगर्ने कप्तान नगरकोटी विश्वास छ।

‘वरीयताका हिसाबले हामी भन्दा राम्रो टिम छ। तर हामीले यसअघि पनि हामी भन्दा राम्रो वरीयता भएको टिमलाई हराइसकेको र ड्र पनि खेलिसकेका छौं,’ उनले भनिन्, ‘हामीले राम्रोसँग खेल्यौं भने क्‍वालिफाइ हुने चान्स छ। हामीले टीम एपीएफबाट खेल्दा पनि हङकङलाई ३-१ ले बिट गरेका थियौं। यतिबेला त नेशनल टिम हो।’

नेपालले सेप्टेम्बर २१ मा हङकङको सामना गर्नेछ।

आज हुने खेल यो लिंकमा गएर हेर्न सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here