देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित

64

काठमाडौं  । पछिल्लो २४ घन्टामा थप एक हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।         शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको आठ हजार ६६५ जनाको पीसीआर र तीन हजार ७२० जनाको एन्टिजेन गरी १२ हजार ३८५ जनामा गरिएको परीक्षणका क्रममा एक हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन्।गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा १० जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here