क. प्रचण्डले क. गोञ्जालोको सम्झना गर्दाको अवस्था !

71

— निमकान्त पाण्डे

पेरुका क्रान्तिकारी नेता प्रोफेसर अविमाइल गुजम्यान (क. गोञ्जालो) २९ वर्षको जेल जीवनपछि जेलभित्रै निधन भएको छ । क. गोञ्जालो बृद्ध र अशक्त हुँदासम्म पनि साम्राज्यवादी अमेरिकाको दवावका कारणबाट पेरु सरकारले जेलमै समाप्त ग¥यो । क. गोञ्जालो पेरुको क्रान्तिकारी पार्टी साइनिङ पाथका नेता हुनुहुन्थ्यो ।  क. गोञ्जालो चीनका अध्यक्ष क. माओत्सेतुङका अनुयायी हुनुहुन्थ्यो । क. गोञ्जालाकै साइनिङ पाथको पदचिन्हमा संसारका धेरै राजनीतिक अभियानहरु भएका छन् । नेपालमा पनि क. गोञ्जालो राजनीतिक प्रेरणाका स्रोत बन्नु भएको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्डले एउटा कार्यक्रममा क. गोञ्जालोको प्रशंसा गर्नु भएको सुनियो । कुनै पनि क्रान्तिकारी नेताको स्मरण गर्नु राजनीतिमा एउटा परम्परा जस्तै बनेको छ । कार्ल माक्र्सका अनुयायीहरु संसारमा धेरै पाइन्छन् । लेनिन र माओत्सेतुङका अनुयायीहरु पनि प्रशस्तै पाइन्छन् । तर माक्र्स—लेनिन र माओले आ—आफ्नो तर्पmबाट के—कस्ता योगदान पु¥याएका छन् भन्ने बारे चर्चा गरेरै मात्र विद्वान बन्ने नेताहरुको पनि संसारमा कमी छैन । नेपाल यो सवालमा धेरै अगाडि छ ।

क. प्रचण्डले आपूmलाई कहिलेकाहीँ माक्र्स, लेनिन, माओसँग तुलना पनि गर्ने गर्नुहुन्छ । उहाँका अभिव्यक्ति सुन्दा उहाँलाई माओजस्तै बन्ने रहर छ भन्ने बुझिन्छ । तर माओले चीनको लागि र विश्वको कम्युनिष्ट आन्दोलनका लागि के गरेका थिए ? कति योगदान पु¥याएका थिए भन्ने बारेमा प्रचण्डले बुझ्न नसक्नु भएको जस्तो देखिन्छ । क. प्रचण्डको कार्यशैली र माओत्सेतुङको कार्यशैलीलाई कसरी तुलना गर्ने ? तुलना गर्ने ठाउँ नै छैन ।

पेरुको जनताको सशस्त्र क्रान्तिको सन्र्दभमा क. गोञ्जालोले आफ्नो मूल्यांकन इतिहासले गर्ने कुरा व्यक्त गर्नु भएको थियो । जनक्रान्तिको दिशालाई आपूmले योगदान पु¥याएको चर्चा उहाँले गरिरहनुहुन्थ्यो । जेलभित्रको कष्टकर जीवन भोग्नु परेपनि उहाँले साम्राज्यवादी दलालहरुसँग सम्झौता नगरेरै सहादत प्राप्त गर्नु भएको छ । क. गोञ्जालो मरेर पनि संसारलाई जीवन्त उर्जा दिएर जानु भएको छ । भौतिक शरीरको मृत्यु त एकदिन सबैले भोग्नै पर्छ, तर पटक—पटक मर्नु पर्ने अवस्थासँग गोञ्जालोले कहिल्यै सम्झौता गर्नु भएन । बाँचुञ्जेलसम्म उहाँ विचारमा मर्नु भएको सन्देश कहिल्यै चर्चामा रहेन । क. गोञ्जालोले भन्नु भएको थियो — ‘पेरुका जनताको सशस्त्र जनक्रान्तिको सन्दर्भमा पेरु कम्युनिष्ट पार्टी र मेरा कार्यहरुको मूल्यांकन इतिहासले गर्नेछ, जनक्रान्तिको दिशालाई इतिहासले सह्राउनेछ । मुठ्ठिभर प्रतिक्रान्तिकारीहरुको अदालत तथा प्रचारयन्त्रले इतिहास बदलिदैन, विश्व जनक्रान्तिको एक अभिन्न अंग पेरुको सशस्त्र संघर्षको एउटा सिपाही बन्न पाएकोमा मलाई गौरव लागेको छ ।’ पेरुको प्रतिक्रियाबादी अदालतले क. गोञ्जालोलाई आजिवन कारावासको सजाय दिएको थियो । सन् १९९२ मा पेरुको राजधानी लिमाबाट गिरफ्तार गरिनु भएका  क. गोञ्जालो विश्व क्रान्तिको चमिकिलो ताराका रुपमा उदाउनु भएको थियो । उहाँको निधनले निश्चय पनि विश्व कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी उर्जा दिएको छ ।

नेपालका राजनीतिक पार्टीका नेताहरुले, खासगरी कम्युनिष्ट आन्दोलनमा लागेका नेताहरुले क. गोञ्जालोको प्रशंसा नगरेर सन्तुष्टी प्राप्त गर्ने छैनन् । तर क. गोञ्जालाको योगदान अविस्मरणीय छ । क्रान्तिलाई सफलता पु¥याउन धेरै नेताहरुले सफलता प्राप्त गरेका छन् । लेनिन र माओ यो सवालमा उदाहरणीय व्यक्तित्व हुनुहुन्छ । तर लेनिनले सफलता प्राप्त गरेको क्रान्ति अहिले असफल देखिएको छ भने माओले सफलता हासिल गर्नु भएको चिनीयाँ मोडेलेको  क्रान्ति पनि अहिलेको अवस्थामा असफल सावित भएको छ । तथापि लेनिन र माओका योगदान, उहाँहरुले  देखाउनु भएको मार्गदर्शन क्रान्तिकारी व्यक्तिहरुका लागि उर्जा बनेका छन् । क. गोञ्जालो त्यही उर्जा प्राप्त व्यक्तित्व हुनुहुन्छ, जसले करिव ३० वर्षको जेलजीवनको कष्टप्रद यात्रालाई पनि आफ्नो सफलता नै ठान्नु भएको छ । यथार्थमा क. गोञ्जालो भावी पुस्ताका लागि प्रेरणाका स्रोत हुनुहुन्छ ।

नेपालमा २०५२ फागुन १ गतेदेखि सुरु भएको  दीर्घकालीन जनयुद्ध नाम दिइएको सशस्त्र संघर्षले नेपाललाई कहाँ पु¥याएको छ भन्ने बारे यहाँ चर्चा गर्नुपर्ने आवश्यकता छैन । क. प्रचण्डले आफ्नो योगदानको चर्चा गर्ने क्रममा त्यही सशस्त्र युद्ध र त्यसले ल्याएको परिवर्तनलाई महत्वपूर्ण ठानिन्छ । एउटा मात्र राजा रहेको संवैधानिक राजतन्त्रको ठाउँमा गणतन्त्र नामको धेरै राजाहरुको शासन पद्वति स्थापित हुन पुगेको छ । हिन्दू धर्मावलम्बीहरुको  बाहूल्यता रहेको नेपालमा क्रिश्चियहरुको बाहुल्यतालाई आधार तयार गर्ने गरी कथित धर्म निरपेक्षताको आवरणमा विदेशी धर्मलाई फस्टाउने आधार बनाइएको छ । संघीयताका नाममा देशलाई विखण्डित बनाएर देशको अस्तित्व नै समाप्त गर्ने मार्गरेखा कोरिएको छ । क. प्रचण्डले नायकत्व गर्नु भएको १० वर्ष जनयुद्धमा १७ हजार नेपाली जनताको रगत बग्यो । त्यो रगतको मूल्य देश र जनताको पक्षमा देखिदैन । परिवतर्नको पक्षमा देखिदैन । बरु साम्राज्यवादीहरुलाई नेपालमा भित्र्याउने षड्यन्त्रका सुत्रधारका रुपमा क. प्रचण्डहरुको भूमिका शंकास्पद देखिन्छ । क. गोञ्जालो साम्राज्यवादीहरुसँग कहिले झुक्नु भएन, त्यसैले उहाँ मरेर पनि  विश्वका क्रान्तिकारीहरुको मनमष्तिष्कमा रहनु भएको छ । तर क. प्रचण्ड अहिले पनि मलाई गाली नगर भन्दै साम्राज्यवादीहरुसँग लम्पसार पर्ने प्रवृतिबाट आपूmलाई माथि उठाउन सक्नु भएको छैन । आगे क. प्रचण्डलाई चेतना भया !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here