सुरु हुने भयाे यतिएयरलाइन्सको पर्वतीय उडान

35

काठमाडाैं । दोश्रो लकडाउनपछि रोकिएको यति एयरलाइन्सको पर्वतीय उडान असोज १० गतेदेखि पुन: सुरु हुने भएको छ।  मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर तथा मार्च महिना उपयुक्त मानिने भएकोले उडान सुचारु गर्न लागिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए ।

अहिले प्रत्येक आईतवार एक उडान गर्ने गरी बुकिङ खुल्ला गरिएको हो। प्रत्येक आइतबारका लागि  एटिआर ७२ विमान मार्फत एउटा पर्वतीय उडान हुनेगरी कम्पनीले तालिका तय गरेको छ। यात्रुहरुको मागअनुसार उडान संख्या थप गर्दै जाने कम्पनीकाे एक स्राेत जनायाे । नेपाली तथा भारतीय नागरिकले ८,८४८ रुपैयाँमा पर्वतीय उडानको टिकट खरिद गर्न पाउने छन्। अन्य बिदेशी नागरिकका लागि भने १३ हजार दुई सय ७५ भाडादर कायम गरिएको बर्तौलाले जानकारी गराए । पहिलो लकडाउनपछि खुलेको पर्वतीय उडानमा पनि यतीले यहि भाडा दरमा उडान भरेको थियो।

नेपाली यात्रुहरू तथा आवासीय बिदेशी नागरिककालागी छुट्टाछुट्टै प्यागेज ल्याएको यतीले दुई टिकटका लागि क्रमशः नौ हजार आठ  सय ४८  र १४ हजार सातसय ७५ भाडादर तोकेको छ। यो टिकट खरिद गर्दा भने यात्रुहरुले एउटा झ्याल भएको र अर्को संगैको झ्याल नभएको सिट प्राप्त गर्नेछन्। पर्वतीय उडानका टिकटहरु नजिकको ट्राभल एजेन्सी, यतीको मोबाइल एप्स र अनलाइन मार्फत खरिद गर्न सकिने कम्पनिले जानकारी गरायाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here