पर्साको जिराभवानी गाउँपालिकाे सिइओ सरूवाकाे विषय विवादित बन्दा कामकाज प्रभावित

61

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरुवाको विषय विवादित बनेपछि आर्थिक वर्ष २०७९/०८०को बजेट प्रमाणिकरण हुन सकेको छैन जसले गर्दा पालिकाको सम्पूर्ण कामकाज प्रभावित भएका खबरहरू सार्वजनिक हुन थालेका छन् ।

गाउँपालिका अध्यक्ष अनोज चौधरीले आफ्नो नजिकको व्यक्ति हाल ठोरी गाउँपालिकामा कार्यरत स्थानीय निकायका कर्मचारी धर्मराज थापालाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याउन मन्त्रालय दौडधूपमा लागेका थिए तर कुनै पनि स्थानीय निकायको निमित्त प्रशासकीय अधिकृतमा संघको कर्मचारी राख्नुपर्ने नियम विपरित मन्त्रालयले धर्मराज थापालाई पालिकामा पठाउन नमिल्ने भनेपछि यतिखेर पहिले कार्यरत प्राण मेहतालाई नै थमौति गर्न दौडधूप गरिरहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि साउन ४ गते नै जिराभवानी गाउँपालिकामा झण्डै पौने तीन वर्षदेखि कार्यरत प्रमुख प्रशासकीय अधिकृत प्राण मेहतालाई अन्यत्र सरुवा गरेर सखुवा प्रसौनीमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहलाई जिरा भवानीमा सरुवा गरेपनि गाउँपालिका अध्यक्ष अनोज चौधरीले हाजिर हुन नदिएर गाउँपालिकाको कामकाज प्रभावित गरेको स्थानीयहरू बताउँछन् ।

जनताले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिले विकास निर्माणदेखि जनहितका काम द्रूत गतिमा शुरु गर्नुपर्नेमा कहिले कर्मचारी सरुवा, कहिले कमिशनको भागबण्डा लगायत अनेकौं बखेडा खडा गरी जनप्रतिनिधिको विश्वसनीयता घटाउने काम किन गरिरहनु भएको छ भनेर हामीले जिरा भवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीलाई सोधेको प्रश्नमा उनले “अन्य कोही कर्मचारी आफूखुशी सरुवा भई आएमा हामीले किन हाजिर गराउने ?

तीन वर्ष देखि कार्यरत प्राण मेहताको कामले हामी सन्तुष्ट थियौं त्यसैले मेहतालाई नै थमौती गर्न मन्त्रालय आएको छु दुई तीन दिनभित्रमा मन्त्रालयको पत्र लिएर पालिकाको सबै काम शुरु हुन्छ । एक महिना बजेट प्रमाणीकरण नहुँदा पनि केही फरक पर्दैन ।” सोही सम्बन्धमा कार्यपालिका सदस्य सरोज चौरसियालाई बुझ्दा उनले प्रशासकीय अधिकृत जो आएपनि पारदर्शिता, मितव्ययिता र सुशासनको अनुभूति हुने हिसाबले पालिकाको काम हुनु पर्यो ।

अध्यक्षज्यूले सरुवा भई आउनु भएका देवनाथ साहलाई हाजिर हुन नदिनु र पहिले कै प्राण मेहतालाई नै थमौति गराउन मन्त्रालयमा लबिङ गरिरहनुको कारण आफूलाई थाहा नभएको बताउनु भयो । कापा सदस्य चौरसियाले समयमा बजेट प्रमाणिकरण हुन नसक्दा कामकाज प्रभावित भएकोमा आफूहरू गम्भीर भएको तर अबको दुई तीन दिनभित्र प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवाद मन्त्रालयले टुङ्ग्याएमा सबै काम सुचारु हुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here