काठमाडौं । नेपाल हालसम्म काेभिड-१९ विरूद्धकाे खाेप लगाउनेकाे संख्या एक कराेड नाघेकाे छ । अहिलेसम्म १ करोड २९ लाख ५८ हजार ५ सय ८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।
स्वाथ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पूर्ण मात्रामा खोप लगाउने व्यक्तिको संख्या ६२ लाख ५ हजार ७ सय ७० पुगेको छ । त्यस्तैैगरि पहिलो मात्राको खोप लगाउनेको संख्या ६९ लाख ६० हजार ८ सय २८ छ ।
कोभिसिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा २७ लाख ५ हजार ३सय २३ र दोस्रो डोज १५ लाख १४ हजार ५सय ९८ जनाले लगाएका छन् । भेरोसेल खोपको पहिलो मात्रा ४२ लाख ५५ हजार ५सय ५ जना र दोस्रो डोज ३२ लाख १ हजार १सय ३५ ले लगाएका छन् । एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप १४ लाख ९ हजार ३७ जनाले लगाएका छन् ।
नेपालमा हालसम्म १ करोड ७८ लाख ५८ हजार ७ सय १० डोज खोप आइसकेको छ । त्यो मध्ये कोभिसिल्ड २४ लाख ४८ हजार, एस्ट्राजेनेका १९ लाख ७५ हजार ८ सय ६०, जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८ सय ५० र भेरोसेल १ करोड १९ लाख डोज खोप आइसकेको छ ।


















